जुम्लाको पातारासी गाउँपालिका–६ का मुनबहादुर बुढाले यस वर्ष झण्डै ५ टन स्याउ उत्पादन गरे । तर उनले उत्पादन गरेको स्याउले प्रतिकिलो ५० रुपैयाँभन्दा बढी मूल्य पाउन सकेन । उनले करिब १० क्वीन्टल स्याउ त प्रतिकेजी रु २० मा बेचे ।
बारीमा लटरम्म स्याउ फले पनि उचित बजार नपाएको उनको गुनासो छ । “बर्षेनि स्याउको बजार खोज्नुपर्छ । यताउती चिनेजानेकालाई फोन गरेर अलिअलि त बेच्न सकिन्छ तर बारीभरि फलेको अरू स्याउ कहाँ बेच्ने ? सरकारले स्याउ उत्पादन मात्र गर भन्छ । बजारीकरणमा सहयोग गर्दैन ।” उनले लामो सास फेर्दै भने ।
2023-02-14-04-02-23.jpeg)










प्रतिक्रिया थप्नुहोस्