‘तेस्रो कौसी क्वीन–२०७९’ सम्पन्न (फोटो फिचर) 

काठमाडौँ, १० असोज । ‘तेस्रो कौसी क्वीन–२०७९’ सम्पन्न भएको छ । आइतबार बानेश्वरस्थित होटल अर्यालमा एक कार्यक्रमको आयोजना गरी ‘तेस्रो कौसी क्वीन–२०७९’ सम्पन्न गरिएको हो । 

यस वर्ष ललितपुर कुसुन्तीकी देबोरा अधिकारी तेश्रो कौसी क्वीन भइन् । 
प्रज्ञान क्रियशन प्रालिद्धारा सञ्चालित हलोखबर डटकमले आयोजना गरेको ‘तेस्रो कौसी क्विन–२०७९’ को ताज अधिकारीले पहिरिएकी हुन्।

त्यसै गरी, ‘फस्ट रनर–अप’ कपनकी कमला भट्टराई, सेकेण्ड रनर अप कुशेश्वरकी जेष्ठ नागरीक ७३ वर्षकी कृष्ण मैया अधिकारी भएकी छन् । त्यस्तै चाँगुनारायण नगरपालिकाकी याम कुमारी मैनाली थर्ड रनरअप तथा कपनकी सरस्वती चौलागाईँ ‘फोर्थ रनर अप’ भएकी छन् । त्यसैगरी सान्तिनगरका पूर्ण प्रसाद श्रेष्ठलाई विशेष सम्मान गरिएको छ । 

प्रतियोगितामा देशभरबाट २५ जना भन्दा बढीको सहभागिता रहेको थियो। लगातार दोस्रो र तेस्रो कौसी क्वीन प्रतियोगिता सफल भएसँगै ‘तेस्रो कौसी क्वीन २०७९’ प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष मनोज श्रेष्ठले बताए। 

बढ्दो सहरीकरणसँगै सहरका कौसीमा पनि तरकारी तथा फलफूल खेती प्रवर्द्धन गर्ने तथा कौसी खेती गरिरहेकाहरूलाई थप ऊर्जा प्रदान गर्ने हेतुले यस प्रतियोगिता आयोजना गरिएको हो ।

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै

↑