चौथो कौसी क्वीन–२०८० को लागि आवेदन खुल्ला

काठमाडौं, ३ भदौं। कौसी खेती प्रवद्र्धनकालागि चौथो ‘कौसी क्विन–२०८०’को आवेदन खुल्ला गरिएको छ । प्रज्ञान क्रियसन प्रालिद्वारा सञ्चालित हलोखबर डटकमले विगत तीन वर्षदेखि कौसी क्वीन प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

हलोखबर डटकम कृषिसंग सम्वन्धित अनलाइन मिडिया हो । फोहोर व्यवस्थापनको उत्तम विकल्पमात्रै नभएर हरियाली कौसी, अर्गानिक कौसी खेती मात्रै नभएर जीवनको उत्तरार्धमा टेकेकाहरुलाई कौसी खेती टाइम पासको राम्रो विकल्प हुनेछ । आयोजक संस्थाका अध्यक्ष मनोज श्रेष्ठकाअनुसार विजेताले कौसीमा ग्रीन हाउस उपहार पाउनेछन् ।

त्यसैगरि, क्यानडामा हुन लागेको कृषि अवार्डमा कौसी खेती विद्याबाट सिधै भाग लिन जान पाउनेछन् । कौसी खेतीलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयाजना गरिएको यस प्रतियोगितामा भाग लिनकालागि कौसी खेती गर्दै गरेको कम्तीमा दश वटा फोटो र दश मिनेटसम्मको भिडियो पठाउनु पर्नेछ । फोटो र भिडियोहरु हलोखबर डटकमको इमेल आइडी halokhabar@gmail.com वा 9851030300 नम्बरमा वाट्सअपमार्फत पठाउन सकिनेछ ।

सामाजिक संजाल र निर्णायकको तर्फबाट ५०–५० प्रतिशत नम्बरका आधारमा उत्कृष्टहरु छनोट हुनेछन् । प्रतियोगितामा सहभागी हुनकालागि कुनै शुल्क नलाग्ने प्रबन्धक श्रेष्ठले बताए । साथै सहभागी भएबापत एक हजार बराबरको कौसी खेतीका सामाग्रीहरु पाउनेछन् ।

\सर्वोत्कृष्ट पुरस्कार अर्थात कौसी क्वीन हुनेले ३० हजार मूल्य बराबरको कौसीमा ग्रीन हाउस तथा फस्ट रनरअप, सेकेन्ड रनरअप र थर्ड रनरअप हुनेले क्रमशः २०, १५ र १० हजार रुपैँया बराबरको कौसी खेतीमा आवश्यस सामाग्रीहरु पाउनेछन् ।

प्रतियोगी छनोटका लागि हलोखबर डटकमको फेसबुक पेजमा पोस्ट गरिएका आफ्नो फोटोमा प्रतियोगीले धेरैभन्दा धेरै लाइक, कमेन्ट, सेयर र ट्याग गर्ने र गर्न लगाउनुपर्ने हुन्छ । अध्यक्ष श्रेष्ठकाअनुसार सामाजिक संजालमा शेयर गर्नुको मूख्य उद्देश्य भनेको धेरैभन्दा धेरैले यो कुराको जानकारी पाउन र अरुले पनि सिकुन भन्ने हो ।

आवदेनकालागि भदौ १५ गतेसम्म सयम तोकिएको छ । भने भदौ मसान्तसम्ममा भोटिगं हुनेछ भने पुरस्कार वितरण भने अशोज तेश्रो साता हुने आयोजकले जानकारी दिएको छ ।

प्राप्त प्रतिकृयाहरू

परमेश्वर बस्ताकोटी लेख्नुहुन्छ (२०८० भदौ १४ बिहीबार २:३० pm )

म कौसी क्वीनमा सहभागीता जनाउन चाहन्छु

लोकेन्द्र थापा लेख्नुहुन्छ (२०८० भदौ ५ मंगलबार ५:१२ pm )

म कौशि क्युन मा भाग लिन चाहान्छु । तरिका जानकारि पाउ

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै

↑