स्वदेशमै कृषि र रेन्बो ट्राउट माछापालनबाट लखपति बने कृष्णबहादुर

हेटौँडा (मकवानपुर), १६ फागुन । चालु आर्थिक वर्षको छ महिनाम वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ० लिने नेपालीको सङ्ख्या दुई लाख ३० हजार ४३९ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ६२ हजार ६२८ रहेको छ । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा केही कम हो । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा दुई लाख ६ हजार ३९० जनाले अन्तिम श्रम स्वीकृति र  एक लाख ३३ हजार ९४० ले  पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए ।
वैदेशिक रोजगारीमा जाने नेपालीको लर्को लामो छ । वार्षिक आँकडा केलाउँदै जाने हो भने कुनै वर्ष केही हजारको सङ्ख्यामा तलमाथि भए पनि रोजगारीका लागि पलायन हुनेको सङ्ख्यामा खासै कमी आएको छैन । यद्यपी स्वदेशमै केही गरेर आर्थिकस्तर सुधार्न सकिन्छ भन्ने विश्वास पनि जाग्न थालेको छ । स्वदेशमै श्रम गरे, राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण देखिन थालेका छन् । हो, विदेशमा काम गरेर पैसा पठाउने नेपालीको ठूलो सङ्ख्यामा सामेल हुने सुरमा रहेका मकवानपुरका कृष्णबहादुर एक उदाहरण बनेकाछन् । 
वैदेशिक रोजगारीमा जान निस्केका थाहा नगरपालिका–५ खोलाघारीका कृष्णबहादुर मोक्तान अहिले लखपति किसान हु । उनले ट्राउट माछापालन गरेर मनग्य आम्दानी गर्दै आएकाछन् । माछापालनसँगै किबी र तरकारीखेतीमा व्यस्त भएर उनले वार्षिक लाखौँ आम्दानी गरिरहेकाछन् । 
विसं २०७७ देखि रू ६० लाख लगानीमा दुई रोपनी क्षेत्रफलमा ट्राउट माछापालनका लागि नौ खण्डको पोखरी निर्माण ९रेसवे० गरेर उनले व्यावसायिक माछापालन सुरू गरेका थिए । युनिक कृषि फार्म दर्ता गरेर उनले पाँच हजार रेन्बो ट्राउट र स्थानीयस्तरमा पाइने सात हजार असला माछापालन गरेकाछन् ।
 कुनै समय काठमाडौँमा रहेर सवारी चालकका रूपमा काम गर्ने मोक्तान वैदेशिक रोजगारीका लागि साउदी अरब जाने तयारीमा थिए । मेडिकल गर्ने क्रममा उनीमा जन्डिस देखिएपछि असफल भए । त्यसपछि रोजगारीका लागि विदेशिने मनसाथ बदलेर उनी आफ्नै गाउँमा केही गर्ने हेतुले घर फर्किए । “काठमाडौँमा सवारी चलाउँथेँ, नुवाकोटका एकजना दाइ र म सँगै काम गर्थ्यौ, उनकै सल्लाहमा आफ्नै गाउँ फर्केर कृषि कर्ममा लागेँ । काभ्रेमा माछापालनका लागि प्राविधिक ज्ञान लिएँ”, मोक्तानले भने । 
विसं २०७४ को स्थानीय तहको चुनावमा वडा सदस्य जितेका मोक्तान पुनः वडा सदस्यमा चुनिनु भएको छ । हाल उनी कार्यवाहक वडाध्यक्ष हुन् । वडाको जिम्मेवारीसँगै उनले कृषि कर्मलाई अगाडि बढाएकाछन् । 
यहाँको कर्मभूमि सामुदायिक वनबाट निस्केको मूलको पानी काठमाडौँको गोदावरीमा जाँच गर्दा ट्राउट माछापालनका लागि उपयुक्त भएकाले माछापालन सुरू गरिएको मोक्तानको भनाइ छ । आफैँसँग भएको केही रकम र सहकारीबाट ऋण गरेर ट्राउट माछापालन सुरू गरेकाका उनले रू एक हजार पाँच सय प्रतिकेजीका दरले यहाँको माछा बिक्री गर्दै आएकाछन् । 
वार्षिक एक हजार सात सय किलो माछा उत्पादन गरी बिक्री गर्दै आएका मोक्तानले रू २५ लाख बराबरको कारोबार गर्दै आएको बताए । सबै खर्च कटाएर वार्षिक १२ लाख बढी आम्दानी हुने गरेको उनको भनाइ छ । 
यहाँ उत्पादन भएको माछा हेटौँडा, काठमाडौँ र स्थानीयस्तर दामन, पालुङ र सिमभन्ज्याङमा खपत हुने गरेको छ । “बजारको समस्या छैन, उत्पादन गर्न सके बिक्री हुन्छ, प्रायः फार्ममै माछा लिन आउनुहुन्छ, माग भए बजार पनि पठाउँछौँ”, मोक्तानले भने । उनले सञ्चालन गरेको ट्राउट माछापालन र किबीखेतीको काममा तीन जनाले रोजगारी पाएकाछन् । 
किसान मोक्तानले माछापोखरीबाट बगेको पानीलाई घट्ट चलाउन पनि प्रयोग गरेकाछन् । भविष्यमा रिसोर्ट बनाएर स्थानीय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ काम गरिरहेका उनले स्थानीयस्टरमै उत्पादन भएको मकै, कोदो, फापर, माछा, सिस्नु र खोले सागको परिकार खुवाउने योजनाका साथ काम गरेका हुन् । 
यस्तै, उनले बाँझो र खेर गइरहेको आठ रोपनी जग्गामा हेवाड जातको किबी रोपेकाछन् भने तरकारीखेतीका लागि एक सय मिटरको पाँचवटा टनेल पनि निर्माण गरेको छ । त्यस्तै २० रोपनी जग्गामा काउली, बन्दा, गाँजर मुला, आलुलगायत तरकारीखेती गर्दै वार्षिक रू ७ लाख बढी आम्दानी गर्दै आएकाछन् ।
पछिल्लो समय मोक्तानले दामनमा रहेको बागवानीबाट एक सय २० बोट किबीको बिरूवा ल्याएर रोपेकाछन् । गत वर्ष ३० किलो बढी किबी बिक्री गरेकामा आगामी वर्षबाट पूर्ण रूपमा उत्पादन लिन सक्ने उनको विश्वास छ । उनी जस्तै मकवानपुरका उत्तरी क्षेत्रका किसान रेन्बो ट्राउट माछापालनतर्फ आकर्षित भएका छन् । यहाँका किसानले आर्थिक उपार्जनका लागि माछापालनसँगै नगदेबाली लगाएर मनग्य आम्दानी गर्दै आएका छन् । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै

↑