यात्रुबाट सरसफाइको कमी, झिँगा भन्केका खाना तथा अत्यधिक मूल्य लिएको गुनासो आएपछि पूर्वाधार विकास मन्त्रालयमा सम्बन्धित निकायबीच छलफल गरी यस्तो निर्देशन जारी गरिएको हो ।
निर्देशनअनुसार सवारी चालकले सम्भव भएसम्म खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको खाद्य स्वच्छतासम्बन्धी स्टिकर टाँसिएका होटल तथा रेस्टुरेन्टमा यात्रुलाई खाजा, नास्ता र खाना खुवाउन सवारी रोक्नुपर्नेछ ।
खाना खाएकै कारण यात्रु बिरामी भएमा सम्बन्धित सवारी चालक र होटल सञ्चालकलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने सूचनामा उल्लेख छ ।
त्यस्तै, खाना तथा खाजाको गुणस्तरमा कमी वा मूल्यमा ठगी भएको पाइएमा यात्रुले नेपाल प्रहरीको हेल्पलाइन नम्बर १०० मा फोन गर्न सक्नेछन् । साथै, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय वा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा समेत उजुरी गर्न सकिने जनाइएको छ ।















प्रतिक्रिया थप्नुहोस्